कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा २८१ कोरोना संक्रमित थपिए, २९८ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २८१ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १०४ वटा पीसीआर नमुना परीक्षण गर्दा २८१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा २८१ कोरोना संक्रमित थपिए, २९८ जना निको

यस्तै, १ हजार ८०५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा २७ जनामा पोजिटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बिहीबार २९८ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.७ प्रतिशत छ । यस्तै, ३ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, १०३ जना क्‍वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ८ लाख २० हजार २८५ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख १ हजार ४२० जना निको भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?