कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने

काठमाडौँ — सर्वोच अदालतमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने

बिहीबारको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीशको अनुपस्थितीमा सर्वोच्चका १८ न्यायाधीशहरुको बैठकले निर्णय गरेको हो । उक्त निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हस्ताक्षार गर्ने छन् ।

यसैबीच,सर्वोच्चका न्यायाधीशहरु आगामी बुधबारदेखि इजलासमा बस्‍ने भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?