सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच अदालतमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

बिहीबारको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । 

प्रधानन्यायाधीशको अनुपस्थितीमा सर्वोच्चका १८ न्यायाधीशहरुको बैठकले निर्णय गरेको हो । उक्त निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हस्ताक्षार गर्ने छन् । 

यसैबीच,सर्वोच्चका न्यायाधीशहरु आगामी बुधबारदेखि इजलासमा बस्‍ने भएका छन् । 

कान्तिपुर

Link copied successfully