कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

‘जनगणनामा छुट्नु भयो कि ! ११७८ नम्बरमा डायल गर्नुस्’

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले जनगणनामा कसैको नाम छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

‘जनगणनामा छुट्नु भयो कि ! ११७८ नम्बरमा डायल गर्नुस्’

जारी १२औं राष्ट्रिय जनगणनाको अन्तिम दिन बिहीबार (मंसिर ९ गते) सकिनै लाग्दा विभागले कसैलाई नछुट्न आह्वान गरेको हो । ‘जनगणनाको अन्तिम दिनसम्म कोही छुट्नु भयो भने ११७८ नम्बर सम्झिनुहोस्,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘कोही छुट्नु भएको छ भने नजिकको जनगणना कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोस् ।’

उक्त नम्बरमा सम्पर्क गर्दा पैसा नलाग्नेसमेत निर्देशक लामिछानेले बताए । यस्तै अनलाइन पहुँच भएकाले आयोगको वेबसाइटमा गुनासो फाराम भरेर जनगणना गराउन सकिने उनले जनाए ।

कात्तिक २५ गतेबाट सुरु भएको जनगणनामा करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक कर्मचारी खटिएका छन् । विभागका अनुसार देशभर ७० लाख घरपरिवार र ३ करोडभन्दा बढी जनसंख्या छ ।

प्रकाशित : मंसिर ८, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?