कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाली घरभित्र शंकास्पद शव भेटियो

काठमाडौँ — काठमाडौं महानगर–१३ बाफल गाईबाछा पाटीस्थित अच्यूत पाण्डेको खाली घरभित्र शरीर जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटी प्रमुख डिएसपी अनिल घिमिरेका अनुसार अन्दाजी ३२ वर्षीय पुरुषको शव जलेर नचिन्ने अवस्थामा भेटिएको हो ।

बुधबार मान्छे नबस्ने खाली घरमा भेटिएको शवको पोष्ट मार्टमका लागि शीक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी घिमिरेले बताए । जलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?