बाग्लुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौँ — कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधि उठेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि पराजित भएका छन् ।

केन्द्रीय सदस्य पौडेलले ४०४ मत र जिल्ला सभापति थापाले ३९९ मत मात्रै पाए । कांग्रेसको विधानअनुसार अहिले आमन्त्रित केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि जितेर नआए केन्द्रीय महाधिवेशनमा भाग लिन पाउदैनन् ।

शर्मालाई सभापति शेरबहादुर देउवाले आमन्त्रित सदस्य बनाएका हुन् । क्षेत्र नम्बर १ को सभापतिमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका चण्डिप्रसाद शर्मा पौडेल विजयी भएका छन् । उनले प्रत्यासी खडक थापालाई ४ मतले पराजित गरे । पौडेलले ४५४ मत पाए भने थापाले ४५० मत ल्याए ।

प्रकाशित : मंसिर ८, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?