कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली एक्लिएपछि अन्टसन्ट बोल्न थाले : नेपाल

सन्तोष सिंह

धनुषा — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली चोइटिएर एक्लो भएको टिप्पणी गरेका छन् ।

ओली एक्लिएपछि अन्टसन्ट बोल्न थाले : नेपाल

‘राजनीतिमा पत्तासाफ हुन थालेपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेका छन्, नेपालले भने,‘चोइटिएका ओली गालीगलौचमा उत्रेका छन् । हामी कुनै प्रतिकार गर्दैनौँ । चुनावपछि विचरा भन्ने अवस्था आउने छ ।’ जनकपुरमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपाललले नेकपा(एस) दक्षिणपन्थी भाषामा नभासिने बताए ।

एमालेको चुनाव चिन्हमा ग्रहण लागेको टिप्पणी गर्दै अध्यक्ष नेपालले नेकपा(एस)को चुनाव चिन्ह कलम चम्किएको बताए । पार्टी विस्तारका कार्यक्रम अगाडि ओली आतिएको उनले टिप्पणी गरे ।

सञ्चारकर्मीको जिज्ञाशामा प्रदेश २ को नाम र राजधानीबारे पार्टीभित्र छलफल नभएको बताउँदै केही दिनभित्रै आधिकारिक धारणा तयार गरिने बताए ।

प्रकाशित : मंसिर ८, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?