कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशले अदालत छोड्नुपर्छ : लक्ष्मणलाल कर्ण

काठमाडौँ — संसदीय सुनुवाइ समितिका सभापति तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका छन् । तत्कालीन अवस्थामा आफूहरूले बाध्यतावश जबरालाई प्रधानन्यायाधीश बनाएको उनले बताए ।

प्रधानन्यायाधीशले अदालत छोड्नुपर्छ : लक्ष्मणलाल कर्ण

'मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर जानुपर्छ,' नेता कर्णले नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै भने, 'उहाँलाई एउटा परिस्थितिमा प्रधानन्यायाधीश बनाइएको हो । उहाँलाई नदिँदा तीन वर्ष पुगेको अर्को न्यायाधीश थिएन । अर्को व्यक्ति नभएर हामीले बाध्यतावश उहाँलाई बनाएका हौं । उहाँलाई नबनाउँदा सर्वोच्च अदालत नेतृत्व विहीन हुने अवस्था थियो । पहिले मान्छेले नसोचेको कुरा पछि देखिन्छ ।'

यस क्रममा उनले अदालतमा बार सम्बद्ध कानुन व्यवसायीहरूमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाएका थिए । उनले भने, 'तपाइँहरूलाई जसरी आक्रमण भएको छ जुन घटना मेले देखें दुर्भाग्यपूर्ण हो । अदालतमा जुन घटना भइरहेको छ त्यसले व्यथित बनाइरहेको छ । यो इतिहासमा नभएको घटना हो । अदालतभित्र दंगा प्रहरी, सशस्त्र प्रहरी पठाएको देखियो । यो दुःखद् हो ।'

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित : मंसिर ६, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?