इलाममा विद्यार्थी नेता बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाममा विद्यार्थी नेता बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नं. १ (ख) प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा विद्यार्थी नेता निश्कल राई निर्वाचित भएका छन् । ३२ वर्षीय राई काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । राईले तीन जना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्रदेश क्षेत्रीय सभापति बनेका हुन् । 

शनिबार भएको प्रदेश क्षेत्रीय अधिवेशनमा उनले १६१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ र सुवक श्रेष्ठले १४ मत पाए ।

राई यसअघि इलाम क्षेत्र नं. १ क्षेत्रीय समितिका सहसचिव थिए ।


प्रकाशित : मंसिर ४, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

७७ वर्षीया वृद्धाको हिरासतमै मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक वृद्धाको मृत्यु भएको छ । आत्महत्या दुरुत्साहन सम्बन्धी मु्दाको अनुसन्धानका लागि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको मृत्यु भएको हो ।



हिरासत कक्षमै बेहोस भएपछि उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार एक्कासी बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत पुर्‍याउँदा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

‘चिया खाँदै गर्दा एक्कासी बेहोस भएपछि तुरुन्तै अस्पताल पुर्‍याएका थियौं’ बिष्टले भने ‘अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भइसकेको रहेछ ।’

वृद्धा रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा १४ गते कात्तिकदेखि प्रहरी हिरासतमा थिए । कात्तिक ७ गते जयबहादुरकी पत्नी धौलिदेवी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित : मंसिर ४, २०७८ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×