कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुन व्यवयासीमाथि भएको कुटपिटप्रति सर्वोच्च अदालतद्वारा दुख व्यक्त

काठमाडौँ — नेपाल बार एसोसिएसनको विरोध कार्यक्रमका क्रममा बिहीबार भएको घटनाप्रति सर्वोच्च अदालतले दुख व्यक्त गरेको छ ।

कानुन व्यवयासीमाथि भएको कुटपिटप्रति सर्वोच्च अदालतद्वारा दुख व्यक्त

शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति अदालत प्रशासनले गहिरो दुख व्यक्त गरेको जनाएको हो । 'उक्त घटनामा केही विद्वान कानुन व्यवसायीहरू घाइते हुनुभएको जानकारी प्राप्त भएको हुँदा अदालत प्रशासन उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,' अदालत प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार सर्वोच्च अदालतमा विरोध गरिरहेका कानुन व्यवसायीहरूमाथि प्रहरीले कुटपिट गर्दा सर्वोच्च बारका अध्यक्ष चन्डेश्वरमान श्रेष्ठसहितका कानुन व्यवसायीहरू घाइते भएका थिए ।

अदालत प्रशासनले त्यस्तो अवस्था आउन नदिन सधैँ गम्भीर रहेको भन्दै सबैलाई संयम रहन आग्रहसमेत गरेको छ । अदालत प्रशासनले जारी गरेको विज्ञप्तिमा छ,'

त्यस प्रकारको अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदशनील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता सहयोग र समन्वय प्राप्त हुने विश्ववास समेत व्यक्त गर्दछ ।'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै देशभरका अधिकांश कानुन व्यवसायीहरूले झण्डै एक महिनादेखि आन्दोलन गर्दैआएका छन् ।



प्रकाशित : मंसिर ३, २०७८ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?