कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आन्दोलन शिथिल पार्न गोला प्रणाली अपनाए बहसमा जान्नौं : बार

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिएमा बहसमा नजाने बताएको छ । हालसम्म कस्तो किसिमले गोला प्रणाली लागू गर्न खोझेको हो भन्ने तय नभइसकेकाले नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै यसबारे थप धारणा तय गर्ने बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बताए । 

आन्दोलन शिथिल पार्न गोला प्रणाली अपनाए बहसमा जान्नौं : बार

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, 'प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग पूरा भएर न्यायालयमा समग्र सुधार हुँदै गयो भने गोला प्रणालीबाट पेसी तोक्ने कुरा मानेर जान सकिन्छ । गोला प्रणालीमा जानुपर्छ भन्ने हाम्रो नै माग हो । तर, आन्दोलन शिथिल पार्ने किसिमबाट गोला प्रणाली अपनाए बहसमा जान्नौं ।'

प्रधानन्यायाधीश जबराको राजीनामा नै बारको पहिलो सर्त भएको पनि श्रेष्ठले बताए । उनले त्यसमा तलमाथि हुने गरी कुनै पनि कार्य स्वीकार्य नहुन भनाइ राखेका थिए । 'बार आन्दोलनमा छ । बार न्यायालयमा रहेको विसंगति, विकृति, भ्रष्टाचार रोक्नका लागि अभियानमा लागेको छ । हामीले भनेका छौं, हाम्रो यो आन्दोलनमा कहींकतैबाट असर पर्नसक्ने अवस्था छैन,' उनले भने, 'हाम्रो आन्दोलनमा जे माग, उद्देश्य लिएका छौं त्यसमा केही तलमाथि पर्ने स्थिति आयो भने तपाईं (न्यायाधीश)हरूको कुरा मान्दैनौं ।'

प्रधानन्यायाधीशको राजीनामा पहिलो सर्त रहेको तर न्यायालय शुद्धीकरणको अभियान नरोकिने श्रेष्ठको भनाइ छ । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिएर अर्को आउँदा पनि अहिलेको विकृति दोहोर्‍याए बारले विरोध गर्ने उनले बताए ।

प्रकाशित : मंसिर २, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?