कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

काठमाडौँ — बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ ।

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

विराेध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयाेग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेकाे र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारकाे आकस्मिक बैठक सुरु भएको हो ।

बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेकाे नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर २, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?