कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुरा सभापति मल्लको टोलीले कांग्रेस मुख्यालयमा सुरू गर्‍यो रिले अनशन

काठमाडौँ — डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता तथा कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालय बुधबारदेखि रिले अनशन थालेका छन् ।

डडेलधुरा सभापति मल्लको टोलीले कांग्रेस मुख्यालयमा सुरू गर्‍यो रिले अनशन

पार्टी सभापति शेरबहादुर देउवा पक्षले जिल्लामा क्रियाशील सदस्यताको विवादका बीच एकलौटी अधिवेशनको प्रक्रिया अघि बढाएको र त्यसैलाई केन्द्रीय निर्वाचन समितिलेसमेत मान्यता दिएको भन्दै जिल्ला सभापति मल्लसहितले अनशन थालेका हुन् । देउवा पक्षले भने वडा र पालिका अधिवेशनसमेत गरिसकेको छ ।

विधान विपरीत जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर सभापति देउवाले आफूखुसी केन्द्रबाटै नाम थप गरी पठाएको भन्दै जिल्ला सभापति मल्ल पक्ष असन्तुष्ट छन् । मल्लले वैधानिक क्रियाशील सदस्यताका आधारमा पुनः वडा अधिवेशन गराई महाधिवेशनको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

बुधबारदेखि जिल्ला सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित २१ जना नेता कार्यकर्ता रिले अनशनमा बसेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए ।

जिल्ला सभापति मल्लले यसअघि २७ कात्तिकमा पत्रकार सम्मलेन गर्दै बुधबारसम्म पनि आफूहरूको माग पूरा नभए अनसन र धर्ना गर्ने घोषणा गरेका थिए । २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा डडेलधुराको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले विषय उठान गरे पनि सभापति देउवाले कुनै जवाफ दिएनन् ।

प्रकाशित : मंसिर १, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?