कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इ–पासपोर्ट आजबाट

हस्तलिखित र एमआरपीपछि अब विद्युतीय राहदानी

काठमाडौँ — सरकारले बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । राहदानी विभागका अनुसार बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।

इ–पासपोर्ट आजबाट

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

सरकारले तीन पटक टेन्डर आह्वानपछि दुई वर्ष अघि फ्रेन्च कम्पनी आईडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको थियो ।

प्रकाशित : मंसिर १, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?