वकिलहरुको माइक प्रहरीले खोस्यो, विचौलियाका नाइके कुर्सी छोड भन्दै नाराबाजी

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्न क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

वकिलहरुको माइक प्रहरीले खोस्यो, विचौलियाका नाइके कुर्सी छोड भन्दै नाराबाजी

प्रहरीले माइक खोसेपछि वकिलहरुले 'विचौलियाका नाइके कुर्सी छोड' भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले माइक खोसिएपनि आफूहरुको आवाजलाई कसलाई रोक्न नसक्ने बताए । अहिले माइक बिनै वकिलहरुले अदालतको मुख्य गेटभित्र धर्ना दिइरहेका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?