कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
कांग्रेस महाधिवेशन

उद्घाटन अगावै उम्मेदवारको टुंगो

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशनको उद्घाटन हुनुभन्दा अगावै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ ।

उद्घाटन अगावै उम्मेदवारको टुंगो

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिले तोकिएको महाधिवेशनको मितिमा नेतृत्व चयनको प्रक्रियामात्रै गर्ने भएको छ । त्यसअनुसार उद्घाटन सत्र हुने बेलासम्म उम्मेदवारको अन्तिम नामावली नै प्रकाशित भइसक्ने गरी निर्वाचन कार्यक्रम बनेको हो ।

केन्द्रीय निर्वाचन समितिले २१ मंसिरदेखि नै उम्मेदवारको मनोनयन गर्ने र बाँकी प्रक्रियाअघि बढाउने तयारी गरेको सदस्य गोपालकृष्ण घिमिरेले बताए । ‘यसपटक नेतृत्वको निर्वाचनमात्रै हुने भयो । त्यसकारण निर्वाचन कार्यक्रम अघि बढाउन केही सहज हुने हाम्रो अनुमान छ,’ उनले भने, ‘हाम्रो अहिलेको तयारी भनेको २१ मंसिरमा मनोनयन दर्ता गर्ने हो । त्यसपछि दाबी विरोध, फिर्ताको प्रक्रिया सकेर २४ मंसिरमा उद्घाटन समारोह अगावै अन्तिम नामावली आइसक्छ ।’

विगतमा महाधिवेशन उद्घाटन गरी नीति तथा कार्यक्रममाथि छलफल भएपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने गरिएको थियो । उनले २४ मंसिरमा मतपत्र छापेर २५ मंसिरको बिहानैदेखि मतदान गर्ने गरी तयारी रहेको जानकारी दिए ।

निर्वाचन समितिले काठमाडौंको राष्ट्रियसभा गृहलाई सचिवालय बनाउने भएको छ भने महाधिवेशनको खुला सभा भृकुटीमण्डपमा हुनेछ ।

प्रकाशित : कार्तिक २८, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?