कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलित

लालप्रसाद शर्मा

पोखरा — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखरास्थित उच्च अदालत र कास्की जिल्ला अदालत आगाडि आइतबार कानुन व्यवसायीले धर्ना दिएका छन् । न्यायापालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसियसनको अभियान अन्तर्गत ‘न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबरा राजीनामा देउ’ भन्दै हातमा कालोपट्टीसहितको विरोधमा कानुन व्यवसायी उत्रिएका हुन् ।

पोखरामा पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलित

बार केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले संविधानमै प्रधानन्यायाधीशले प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने उल्लेख भएपनि त्यो गर्न नसकेकाले राजीनामा माग्नुपरेको बताए ।

‘अब पनि जबराले प्रभावकारी न्याय सम्पादन गर्नसक्ने अवस्था देखिएन,’ उनले भने, ‘त्यही भएर राजीनामाको विकल्प छैन ।’ उनले न्यायापालिका ठप्प भएको बेला कार्यपालिका र व्यवस्थापिका मुकदर्शक भएर बस्न नमिल्ने भन्दै सत्ता र प्रतिपक्ष यसमा कर्तव्यच्यूत भएको आरोप लगाए ।

बारको विरोध तीन दिनसम्म चल्ने छ ।

प्रकाशित : कार्तिक २८, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?