२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानन्यायाधीशविरुद्ध बुटवलमा पनि प्रदर्शन

अमृता अनमोल

बुटवल — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनसहितको माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आइतबार कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीशविरुद्ध बुटवलमा पनि प्रदर्शन

विकृतिविहीन, भ्रष्टाचारमुक्त, सक्षम र स्वतन्त्र न्यायपालिकाको मागसहित उच्च अदालत बार एसोसियसन बुटवलले अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

कालो ब्यानर लिएर हातमा कालो पट्टी बाँधेर उभिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । बिहान साढे १० बजेबाट सुरु भएको विरोधको साढे ११ बजेसम्म चलेको थियो ।


बारको विरोधका कारण उक्त अवधिमा अदालतबाट हुने काम कारबाही रोकिए । त्यसपछि भने काम सुचारु भएका छन् । विरोध प्रदर्शन एक घण्टाका दरले तीन दिनसम्म चल्ने बुटवल बारका अध्यक्ष जोगबहादुर केसीले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?