कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

कान्तिपुर संवाददाता

काठमाडौँ — पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ । हालै जारी पार्टी परिपत्रअनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने छन् ।

माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

‘न्युनत आठ सय प्रतिनिधि प्रदेशबाट ल्याउने नीतिगत निर्णय भएको छ । तर, सदस्य संख्याका आधारमा प्रतिनिधि थपिन्छन्’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । सदस्य संख्याको अनुपातमा प्रदेशहरूबाट प्रतिनिधि थपिनेछन् । कति सदस्य संख्या बराबर एक प्रतिनिधि बनाउने भन्ने अझै निर्णय भएको छैन ।

यसअघि पूर्व परिपत्रमा राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट ६ सय प्रतिनिधि आउने जानकारी गराइएको थियो । सोको संशोधन गरी माओवादीको स्थायी कमिटी बैठकले संख्या आठ सय कायम गरेको हो ।

सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् भन्ने अझै तय भएको छैन । पुस ११ बाट माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्वकांक्षी संगठनात्मक योजना बनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×