कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने

उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने सहमति
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने

बालुवाटारमा भएको गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र संचार तथा

सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत समेटर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सो समितिमा सबै राजनीतिक दलले दुई/दुई महिनामा संयोजन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठले बताए । सुरुको दुई महिनाको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् ।

'यसको मुख्य जिम्मेवारी राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने छ, ' श्रेष्ठले भने ।

आसन्न उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : कार्तिक २२, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?