कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

बुटवलको नयाँ गाउँमा आगलागीबाट दुई घर जलेर नष्ट

अमृता अनमोल

बुटवल — बुटवलको नयाँ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। सडक पक्की गर्न अलकत्रा पगाल्नका लागि बालिएको आगोबाट आगलागी भएको हो । सोमबार साँझ ५:३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

बुटवलको नयाँ गाउँमा आगलागीबाट दुई घर जलेर नष्ट

बुटवल उपमहानगरपालिकाको दमकलसहित इलाका प्रहरी कार्यालयको टोली आगो नियन्त्रणमा लिन खटिएको छ । प्रहरीका अनुसार आगो निभाउन सैनामैना नगरपालिकाबाट पनि दमकल झिकाइएको छ । घटनाको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन । स्थानीय गोपाल पाण्डे र मिना मरासीनीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रकाशित : कार्तिक २२, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×