१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारीद्वारा तालाबन्दी

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्ले कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी गरेको छ । सोमबार ललितपुरको जावलाखेलस्थित परिषद्‌मा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारीद्वारा तालाबन्दी

कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगाए । कर्मचारीहरुले २२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसाग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको बताएका छन् ।

कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकाले राजीनमा दिनुपर्ने माग राखेका छन् । उनीहरुले लिखित रुपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्ण रुपमा प्रवेश गर्न नदिने बताएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?