गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पहिलो प्राथमिकतामा : गृहमन्त्री खाँण 

सन्जु पौडेल

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पहिलो प्राथकिमतामा राखेको बताएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको शुक्रबार अवलोकन तथा निरीक्षण गर्दै खाँणले अब क्यालिब्रेसन फ्लाईट छिट्टै हुने आश्वासन दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पहिलो प्राथमिकतामा : गृहमन्त्री खाँण 

'थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकाले एरो थाईले क्यालिब्रेसन फ्लाईट गर्नेछ', उनले भने, 'त्यसो नभए भारत सरकारसँग जिटुजी माध्यमबाट गरिनेछ ।'

खाँणले गौतम बुद्ध विमानस्थललाई तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएका छन् । उनले सबै मेसिनरी उपकरण अविलम्ब जडान गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । मन्त्री खाँणले विमानस्थल सुरक्षाका लागि खटिने सुरक्षाकर्मीका लागि पनि पर्याप्त स्थान छुट्टयाउन आग्रह गरे । उनले तत्काल सुरक्षाकर्मीका लागि स्थान नभए उनीहरुले त्रिपालमा बसेर भए पनि सुरक्षा दिने बताए ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा रहे पनि निर्माण सम्पन्न हुने र क्यालिब्रेसन फ्लाईट कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

प्रकाशित : कार्तिक १९, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?