२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
नन्कुन्‍नी धोबी-निर्मला कुर्मी घटना

छानबिनको निष्कर्ष सम्बन्धित निकायमा पठाउँछु : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — नन्कुन्नी धोबी र निर्मला कुर्मी मृत्यु तथा बेपत्ता प्रकरणबारे गठित छानबिन समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले कार्यवाहक प्रधानमन्त्री खाँणलाई गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।

छानबिनको निष्कर्ष सम्बन्धित निकायमा पठाउँछु : गृहमन्त्री खाँण

प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाँणले छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौं । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएकोमा धन्यवाद,’ कार्यवाहक प्रधानमन्त्री खाँणले भनेका छन् ।

प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका २ नेवाजीकी नन्कुन्नी धोबीको बेपत्ता घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ ।

प्रकाशित : कार्तिक १४, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?