कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

प्रदेश १ मा सोमबार सरकार परिवर्तन हुन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

प्रदीप मेन्याङ्बो

सुनसरी — स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश १ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई बन्‍ने बताए । 

प्रदेश १ मा सोमबार सरकार परिवर्तन हुन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

धरान आएका स्वास्थ्य राज्यमन्त्री खापुङले उपमहानगरपालिकामा आइतबार आयोजत भेटघाट कार्यक्रममा भने, ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री मन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन ।’

उनले अर्को प्रसंगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने पहल भइरहेको पनि बताए । उनले भने, ‘प्रतिष्ठान मुलुककै सम्पत्ति भएकाले धरासायी हुन नदिन सरकारले पहल गरिरहेको छ । यहाँभित्र आर्थिक अनियमितता, भ्रष्टाचार भएको जगजाहेर छ । अहिले स्वास्थ्यमन्त्री विरोध खतिवडासहित धरानका मेयर पनि सदस्य रहेको छानबिन समितिले तयार गरेर बुझाउने प्रतिवेदनले पदाधिकारी हटाउने कि नहटाउने भन्ने निर्णय हुने छ ।’

स्वास्थ्य राज्यमन्त्री खापुङलाई नागरिक समाज, धरान सरोकार समाज काठमाडौंलगायतका प्रतिनिधिले पैसा खुवाएर राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले बीपी प्रतिष्ठानलाई धरासायी बनाएकाले पदाधिकारी हटाउनु पर्ने र पैसा नतिरी आउने योग्य, दक्ष पदाधिकारी नियुक्त गर्नुपर्ने सुझाव दिएका थिए ।

धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रमुख श्रेष्ठले भने, ‘यदि फेरि पनि पदाधिकारी नियुक्तमा अहिलेको गठबन्धन सरकार भएकाले भागबन्डा र पैसा तिरेर आउनेलाई पदाधिकारी बनाएर नियुक्ति भएमा तिनीहरुले पनि आफ्नो लगानी उठाउन भ्रष्टाचार नै गर्ने भएकाले अब यस्तो नदोहोरियोस् ।’

प्रकाशित : कार्तिक १४, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?