१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

कान्तिपुर संवाददाता

नयाँदिल्ली — नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए । 

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

दुई दिनसम्म चलेको उक्त बैठकमा सैन्य तालिम, क्षमता अभिवृद्धि, सूचना आदानप्रदान तथा उच्चस्तरीय भ्रमण आवागमन बढाउने विषयमा छलफल भएको थियो ।

नेपालतर्फबाट नेतृत्व गरेका परराष्ट्रका सहसचिव तीर्थराज वाग्लेले बैठक नियमित एजेन्डाहरूमै केन्द्रित रहेको बताए । बैठकमा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए ।

प्रकाशित : कार्तिक १३, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?