१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

बोक्सोको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट

सुनिता बराल

महोत्तरी — महोत्तरीको औरही नगरपालिका ९ अगल्शेराका एक पुरुषलाई 'बोक्सो' भन्दै छिमेकीले मलमूत्र खुवाउँदै निर्घात कुटपिट गरेका छन् । ५० वर्षीय झपसी ठाकुरलाई छिमेकीले बिहीबार राति कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।


ठाकुरका छिमेकी ४० वर्षीया रामशीला देवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, रामशीलाका आफन्त ३५ वर्षीया दुखिया देवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले ठाकुरलाई निर्घात कुटपिट गरेको र मलमूत्र खुवाएको भन्दै महोत्तरी प्रहरीकहाँ उजुरी परेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए

ठाकुरले 'टुनामुना गरेर बोक्सो लगाएर' पतिको मृत्यु भएको र छोरा रामउदेश मोटरसाइकल दुर्घटनामा परी घाइते भएको आरोप लगाउँदै रामशीला र उनका आफन्तले ठाकुरलाई कुटपिट गरी मलमूत्र खुवाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रामशीलाका श्रीमानको अत्याधीक मधिरा सेवनका कारण दसैंअघि मृत्यु भएको थियो । र उनी ठाकुरसँगै बसेर मदिरा सेवन गर्ने निकटका साथीसमेत थिए ।

मृत्यु र दुर्घटना ठाकुरको कारक ठाकुरको 'टुनामुना' भन्दै रामशीलासहित उनका आफन्तले उनलाई कुटपिट गरेका थिए । पीडक पक्षले ठाकुरमाथि लाठी र हसियासमेत प्रहार गरेपछि ठाकुरको आँखा नजिकै गहिरो चोट लागेको छ ।

ठाकुरले शरीरका अन्य भागमासमेत चोटपटक लागेको बताएका छन् । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठाकुरलाई बँचाउन खोज्दा ठाकुरकी भाउजु सुनैनादेवीसमेत कुटिएकी छन् ।

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

घटनापछि रामशीलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य ३ जना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महोत्तरीमै केही दिनअघि मात्रै बोक्सीको आरोपमा एक जनाको हत्या र अर्की एक महिलालाई मलमूत्र खुवाएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो ।

बोक्सीको आरोपमा निर्घात कुटपिट

प्रकाशित : कार्तिक १२, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?