२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रधानसेनापति शर्मा कात्तिक २३ मा भारत जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका छन् । भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानसेनापति शर्मा कात्तिक २३ मा भारत जाने

उनी भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । उनले कात्तिक २६ गते भारत भ्रमण सकेर फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

शर्माले भ्रमणको दौरान भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने कार्यक्रम रहेको छ । नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी र भारतका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी दर्जाले सम्मानित हुने दुई मुलुकबीच परम्परा रहँदै आएको छ ।

‘उहाँ (शर्मा) त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न सेवाका प्रमुखहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ,’ सेनाले विज्ञप्तीमा भनेको छ ।

प्रकाशित : कार्तिक ११, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?