कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०
मन्त्रिपरिषद् बैठक

काफ्ले र अधिकारी उपमहालेखा परीक्षकमा बढुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।

काफ्ले र अधिकारी उपमहालेखा परीक्षकमा बढुवा

बिहीबारको मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक राजपत्रांकित विशिष्ट श्रेणीका पदमा काफ्ले र अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गरेको छ भने प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित : कार्तिक ११, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×