१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

प्रधानन्यायाधीशले निकास दिनुपर्छ : पौडेल

‘अदालत अप्ठ्यारोमा पर्दा राजनीतिक दलले निकास दिन सक्नुपर्छ’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशले निकास दिनुपर्छ : पौडेल

अदालतको गरिमा र स्वच्छतालाई बचाउन इजलासबाटै भएको अवज्ञा अब न्यायालयको मात्रै नभई आम जनताको विषय बनेको भन्दै स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको वकालत गर्ने दलहरुले अबको निकास खोज्नुपर्ने पौडेलको भनाइ छ ।

‘न्यायालयभित्रको विषय अब जनताको विषय बनेको छ । मन फाँटेका सँग बसेर न्यायालय अब कसरी चल्छ ? एउटा पूर्व, अर्को पश्चिमतिर फर्केर बस्ने अवस्थाको अन्त्य कसरी गर्ने ? ख्यालखाल गर्दागर्दै आज न्यायालय यो अवस्थामा आइपुग्नु दु:खद छ,’

पौडेलले कान्तिपुरसँग भने, ‘अब न्यायालयको नेतृत्वले निकास दिनुपर्छ । हामी दलहरु आपसमा बाझाबाझ गर्दा निकास दिन नसकेर अदालतले निकास दिन परेको थियो, अहिले अदालत अप्ठ्यारोमा पर्दा राजनीतिक दलहरुले आँट गरेर निकास दिन सक्नुपर्छ ।’

पौडेलले अप्रत्यक्ष रुपमा प्रधानन्यायाधीश जबराले निकास दिएर न्यायालय बचाउन र आम जनताको न्याय मर्न नदिने आग्रह गरे । यता कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलसँग छलफल गरेर अदालतको विषयमा साझा धारणा ल्याउने बताएका छन । पार्टीका नेता तथा सांसदहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयभित्रको समस्या त्यहीँको नेतृत्वले मिलाउनु पर्ने, मिलाउन नसके बाटो छाड्न उचित हुने भनाइ राख्दै आएका छन् ।

प्रकाशित : कार्तिक ११, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?