माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले वैशाख २२ गते भरतपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पाँच दलीय सत्ता गठबन्धनलाई १५–२० वर्षसम्मै लैजाने उद्घोष गरेका थिए ।
भिन्न चुनावी गठबन्धन बनेको झापामा प्रतिस्पर्धा रोचक बन्दै छ । सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासँग तालमेल गरेका छन् भने कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन् ।
पाँचदलीय सत्ता गठबन्धनले महानगर–उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवारी बाँडफाँट टुंगो लगाउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्मै तालमेललाई निरन्तरता दिने बलियो आधार बनाएको छ । कांग्रेस नेता–कार्यकर्ताको व्यापक असन्तुष्टिबीच पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो ‘राम्रो जनाधार’ रहेको क्षेत्रसमेत अन्य दललाई दिन तयार हुँदा महानगर–उपमहानगरमा सहमति जुटेको हो ।निष्कर्षमा पुग्न भने गठबन्धनले निरन्तर चार दिन कसरत गर्नुपरेको थियो ।
मुलुकको राजनीतिमा भ्रष्टीकरण मौलाएको टीकाटिप्पणी बढ्दै गएको छ । चुनावका बेला पैसावाल नेताहरुको बोलवाला प्रस्टै देखिन्छ । यस्तो प्रवृत्तिले विकृति बढाउँदै लगे पनि राजनीतिक दलहरुले शुद्धीकरणमा चासो देखाएको पाइँदैन ।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको दुई सातापछि सत्ता सहयात्री पाँच दलले ६ महानगर र ९ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा बाँडफाँट टुंग्याएका छन् । सरकारको नेतृत्व गरेको कांग्रेसले महानगरमा ५० प्रतिशत हिस्सा लिएको छ ।
सत्ता गठबन्धनले चुनावी तालमेलका लागि बनाएको मतभारको मुख्य आधारलाई सहयात्री दलहरूले आफूअनुकूल व्याख्या गर्दा पद बाँडफाँटमा सकस देखिएको छ । माओवादी र एकीकृत समाजवादीले बढी मतभार देखाएर पद मागेको कांग्रेस नेताहरूले टिप्पणी गरेका छन् । माओवादी र एकीकृत समाजवादीका नेताले भने ठूलो पार्टी भनेर कांग्रेसले दम्भ देखाएको आरोप लगाउन थालेका छन् ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी नेतृत्वको सरकारका पछिल्ला निर्णय र कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै गलत निर्णयको भारी सिंगो पार्टीले बोक्न नसक्ने चेतावनी दिएका छन् ।
पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले ७ सय ५३ पालिकामै चुनावी तालमेल गर्ने गरी भागबन्डाको गृहकार्य अघि बढाएपछि सरकारको नेतृत्व लिएको कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । केन्द्रीय कार्यसमितिको निर्णय र विधानको व्यवस्थाविपरीत केन्द्रबाटै सबै पालिकामा तालमेल गर्ने निर्णय लिएमा तल्ला तहका कार्यकर्ताले त्यसलाई स्वीकार गर्न नसक्ने चेतावनी शेखर कोइराला समूहले नेतृत्वलाई दिँदै आएको छ ।
कांग्रेसले सत्ता गठबन्धन दलहरूबीच सबै स्थानीय तहमा चुनावी तालमेल हुन नसक्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार सम्पन्न बैठकले पार्टी विधानबाहिरबाट तालमेल नगर्ने स्पष्ट गरेको हो । कांग्रेसको विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन मात्र केन्द्रले गर्न पाउने व्यवस्था छ ।
सत्ता गठबन्धनका तीन प्रमुख नेताले आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विकल्पमा छलफल अघि बढाएका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्ने समझदारी बनेअनुसार ढाँचाका विषयमा छलफल सुरु भएको हो ।