कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

सुवास विडारी

मकवानपुर — नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको छ ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा (एस)का १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो ।

बुधबार वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?