कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोक प्रस्ताव पारित गर्न प्रधानन्यायाधीशसहित फुलकोर्ट बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति आपत्ति जनाउँदै १४न्यायाधीशहरूले यसअघि  फुलकोर्टमा नजाने निर्णय गरे पनि बुधबार भने शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएकाले त्यससम्बन्धी शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्न लागेको हो ।

शोक प्रस्ताव पारित गर्न प्रधानन्यायाधीशसहित फुलकोर्ट बस्दै

सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायाधीश समेत बनेका पण्डितको बुधबार निधन भएको हो । शोकमा इजलास पनि नबस्ने परम्परा छ । प्रधानन्यायाधीश जबरा विवादमा परे पनि उनले बुधबारका लागि ११ वटा इजलास तोकेका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?