कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जातीय विभेदको अन्त्यका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेदको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयमा ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौं घोषणा पत्र बुझ्दै मन्त्री खाँणले संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए । ‘जातीय विभेद गर्न पाइँदैन भन्ने संविधानको व्यवस्था हो । यसको कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।

जातीय विभेदको अन्त्यका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

मन्त्री खाँणले संविधानका सबै मौलिक अधिकारको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । दलित सम्मेलनले उठाएका महत्वपूर्ण विषय सम्बोधन गर्दै जाने उनको भनाइ थियो । दिमागमा रहेको जातीय विभेद हटाउन सबै लाग्नुपर्ने भन्दै उनले जातीय, धार्मिक र सांस्कृतिक रूपमा सबै समान रहेको बताए ।

गृहमन्त्री खाँणले शव त्रिभूवन शिक्षण अस्पतामा राखिएका काभ्रेका अजित मिजारको दाहसंस्कार गर्न राहत उपलब्ध गराउने बताए । सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र सहअस्तित्व निर्माण भएको बताए । गृहसचिव टेकनारायण पाण्डेले दलित र गरिब भएका कारण राज्यबाट पाउने सेवा सुविधा पाउन कोही पनि बञ्चित हुन नहुने बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संविधान, ऐन, नियम र कानुन कार्यान्वयनमा सधै प्रतिबद्ध रहेको बताए । उनले दलितले उठाएका मुद्दामा प्रहरी संवेदनशील रहेकोसमेत बताए ।

कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सभाका सांसद र विभिन्न पालिकाका जनप्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?