कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — कांग्रेस महामन्त्री शशांक कोइराला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । मंगलबार मुम्बई हुँदै दिल्ली आइपुगेका नेता कोइरालाले भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेका हुन् ।

कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

यसअघि चौथावालेको निमन्त्रणमा कांग्रेस सहमामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसका ३ जना नेताहरू भारत भ्रमणमा आएका थिए ।

पार्टीका केही नेताहरूका साथ उनी शनिबार मुम्बई आइपुगेका थिए । मुम्बईमा उनले क्यान्सरको उपचार गराइरहेका कांग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए । त्यहाँबाट दिल्ली आइपुगेका उनी मंगलबार नेता प्रदीप गिरीलाई भेटेका छन् ।

कांग्रेस नेता गिरी पछिल्लो तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् । कोइरालाले भारतमा उपचाररत दुईजना नेताहरुको स्वास्थ्य जानकारी लिन र उनीहरुलाई भेट्न उद्देश्य लिएर मात्रै यता आएको कान्तिपुरलाई बताएपनि भाजपा विदेश विभाग प्रमुख चौथाइवालासँग भेटेका हुन् । कोइरालाको साथमा कांग्रेस नेता पूर्वमन्त्री दिपक गिरीलगायतका नेताहरू भ्रमणमा छन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?