कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशमाथि उठेका प्रश्नबारे छलफल गर्न बारले मंगलबार बोलायो सल्लाहकार समितिको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि उठेका प्रश्नबारे छलफल गर्न मंगलबार सल्लाहकार समितिको बैठक बोलाउने भएको छ ।

प्रधानन्यायाधीशमाथि उठेका प्रश्नबारे छलफल गर्न बारले मंगलबार बोलायो सल्लाहकार समितिको बैठक

सोमबार दिउँसो बसेको बार कार्यसमितिको बैठकले सल्लाहकार समितिको बैठक बोलाएर मात्र थप निर्णय गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवहरू छन् । ‘महत्त्वपूर्ण निर्णय लिनुअघि सल्लाहकार समितिसँग छलफल गर्ने बारको प्रचलन नै हो, त्यसैअनुसार अहिले पनि सल्लाहकार समितिको बैठक बोलाउन लागिएको हो ।

प्रधानन्यायाधीश जबराले पदीय आचरण विपरीतका काम गरेको भन्दै उनले राजीनामा दिनुपर्ने वा संघीय संसद्ले महाअभियोग लगाउनुपर्ने माग सार्वजनिक रूपमा उठिरहेको छ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरिसकेको छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश जबरालाई निकास दिन आग्रह गर्दै सोमबार उनले बोलाएको फूलकोर्टको बैठक बहिस्कार गरिसकेका छन् ।

सोमबार सर्वोच्च अदालतमा उपस्थित जबरा बाहेकका १३ जना न्यायाधीशले मंगलबार बिहान प्रधानन्यायाधीश जबरालाई सामूहिक रूपमा सोधरे धारणा माग्ने निर्णय गरेका छन् । १३ जना न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा बसेनन्, जसका कारण कुनै मुद्दाको सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश जबरामाथि लागेका आरोपहरूबारे निर्णय गर्न सोमबार नै सर्वोच्च अदालत बार एसोसिएसनको बैठक बसिरहेको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?