कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिदिममा बस खस्दा कम्तीमा ४० जना घाइते

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

फिदिममा बस खस्दा कम्तीमा ४० जना घाइते

पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा तथा समर्पित अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?