कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गैंडाको खागसहित २ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — संरक्षित वन्यजन्तु गैंडाको खाग १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगर–९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौलको खागसहित पक्राउ पर्नेमा स्वयम्भू बस्ने सोलुखुम्बु दूधकोसी–६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र तारकेश्वरको लोकतान्त्रिक चोक बस्ने बागलुङको तमानखोला–१ का २८ वर्षीय दिपक गोतामे छन् ।

महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेका दुवैलाई कारबाहीका लागि वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?