कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको वडा अधिवेशन शनिबार, अध्यक्ष ओलीले सम्बोधन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को वडा अधिवेशन शनिबार हुँदैछ । वडा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजे केन्द्रीय कार्यालय थापाथलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमालेको वडा अधिवेशन शनिबार, अध्यक्ष ओलीले सम्बोधन गर्ने

अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सकेसम्म धेरै वडाहरूलाई जोडेर सम्बोधन गरिने तयारी भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीको सम्बोधनमा जोडिनका लागि सबै वडा कमिटीहरूलाई डिस्प्ले तयार पार्न र इन्टरनेट सेवा नभएका वडामा मोबाइल फोनमार्फत साउन्ड बक्समा जोडेर सम्बोधन सुन्ने व्यवस्था गर्न भनिएको उनले बताए ।

केन्द्रीय कार्यालय सचिव तामाङले वडा अधिवेशनमा बढीभन्दा बढी जनसहभागिता गराउन पनि निर्देशन दिइएको बताए । देशभर वडा अधिवेशनको तयारी पूरा भएको उनले जानकारी दिए ।

केही दिन पहिलेको वर्षाका कारण बाढी, डुबान र पहिरोबाट प्रभावित क्षेत्रमा कार्तिक १५ गतेभित्र वडा अधिवेशन गर्न भनिएको तामाङले जानकारी दिए । एमालेले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गरिने तय भएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?