कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनबारे छलफल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बोलाउने निर्णय गरेको हो ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनबारे छलफल हुने

१२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा १० औं महाधिवेशनबारे छलफल हुनेछ ।

बिहीबारको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन मंसिर १०-१२ गतेसम्म हुनेछ ।

प्रकाशित : कार्तिक ५, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?