३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । 

कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि

यस्तै २४ घण्टामा ७ हजार २५३ पीसीआर परीक्षणमा थप ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार १२३ परीक्षणबाट १३४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ३७६ परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ रहेको छ ।

हालसम्म देशभर ४३ लाख ५७ हजार ४७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ३३७ रहेको छ ।


प्रकाशित : कार्तिक ५, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?