कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतको प्रस्ताव पेस

रासस

काठमाडौँ — प्रदेश १ प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेस गरेका छन् । 

नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा प्रस्ताव पेस भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतको प्रस्ताव पेस

मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गर्नुअघि केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । उनले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र १ हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराए ।

उनले अविरल वर्षाकै कारण प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाउँदै मृतकका प्रति परिवारलाई १ लाख, पूर्ण क्षति भएको घरलाई ३ लाख, आंशिक क्षति भएको परिवारलाई ३५ हजार र सामान्य क्षति भएका परिवारलाई १५ हजार राहतस्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताए । प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न १२:३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?