कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोधारा-चाँदनी पुगेर प्रधानमन्त्री देउवाले भने- ‘बाढी प्रभावितलाई छिट्टै केही राहत कार्यक्रम ल्याउँछौं’

भवानी भट्ट

कञ्चनपुर — प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने बताएका छन् । उनले बाढीका कारण देशभरि ठूलो मात्रामा जनधनको क्षति भएकाले सरकार गम्भीर भएको बताए । 

दोधारा-चाँदनी पुगेर प्रधानमन्त्री देउवाले भने- ‘बाढी प्रभावितलाई छिट्टै केही राहत कार्यक्रम ल्याउँछौं’

बिहीबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका ९ मा आयोजित कार्यक्रममा बोल्दै देउवाले बाढी प्रभावितलाई सम्बोधन गरिने बताए । ‘हामी यहाँबाट फर्केर योजनाबद्ध ढंगले अगाडि बढ्ने छौं,’ उनले भने, ‘काठमाडौं गएर बाढी प्रभावितलाई सम्बोधन गरिने छ ।’

सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, डोटी, बैतडी र डडेलधुरा निरीक्षणपश्चात् कञ्चनपुर पुगेका देउवाले महाकाली तटीय क्षेत्रको पनि हेलिकप्टरबाटै निरीक्षण गरेका थिए । ब्रम्ह्देवदेखि दोधारा चाँदनीको कुतियाकभरसम्मै अवलोकनपश्चात् दोधारा चाँदनीमा आयोजित छोटो औपचारिक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेलगायत कांग्रेस नेतासमेत दोधारा-चाँदनी पुगेका थिए । ‘पहाडी जिल्लाहरुमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यसतर्फ हामीले विशेष ध्यान दिएका छौं, छिट्टै केही राहत हुने गरी कार्यक्रम ल्याउने छौं ।’


प्रकाशित : कार्तिक ४, २०७८ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?