कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्कामा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग एमालेको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले बाढीपहिरो र डुबानबाट मर्कामा परेका किसानका लागि राहत प्याकेज र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले केही दिनअघिको अविरल वर्षासँगै सिर्जित बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मर्कामा परेका किसानलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।  

मर्कामा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग एमालेको माग

बैठकपछि पत्रकारलाई निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अवरुद्ध सडक र विद्युत् पुन: सञ्‍चालन गर्न र घरबारविहीनलाई राहत र पुनर्निर्माण दिन पनि सरकारसँग माग गर्ने निर्णय भएको बताए ।

उनका अनुसार असोज १५-१७ भएको विधान महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।विधान महाधिवेशनले पार्टीमा भावनात्मक एकताको काम गरेको समेत उनले बताए ।

बैठकले मंसिर १०-१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता ज्ञवालीले जनाए । उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक/एक जना प्रतिनिधि रहने ज्ञवालीले बताए ।

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताएका थिए ।

प्रकाशित : कार्तिक ४, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?