विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने- समाचार - कान्तिपुर समाचार

विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने

विनोद भण्डारी

विराटनगर — विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्‍न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द छन् । बुधबार विमानस्थलको धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो ।

मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौं पठाइएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

बिहीबार अपरान्हसम्ममा धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय भित्र, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान सुचारु गर्न समय लागेको खरेलको भनाइ छ ।

शुक्रबार साँझसम्म सबै पानी सुकाएर धावनमार्ग सफा गर्ने, पानीमा डुबेका उपकरणको परीक्षण गरेपछि उपकरण सकुशल रहे शनिबार बिहानदेखि उडान सुरु गर्ने प्राधिकरणको तयारी रहेको खरेलले बताए ।

यो विमानस्थलबाट काठमाडौंसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।


प्रकाशित : कार्तिक ४, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

सानिमा बैंकको शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयूक्त रुपमा चपली शाखाको उद्घाटन गरे ।

त्यस्तै सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सो नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयूक्त रुपमा बालकोट शाखाको उद्घाटन गरे । बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटिएम. संचालनमा छन् ।


प्रकाशित : कार्तिक ४, २०७८ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×