कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वासको मतको प्रक्रियालाई धेरै नलम्ब्याऔं : बानियाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई नलम्ब्याउन आग्रह गरेका छन् ।

विश्वासको मतको प्रक्रियालाई धेरै नलम्ब्याऔं : बानियाँ

‘यो प्रक्रियालाई धेरै नलम्ब्याऔं । अब मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । हाम्रो गठबन्धनमा बहुमत जुटिसकेको छ,’ प्रदेशसभाको बैठकमा बोल्दै उनले भने, ‘सबैभन्दा राम्रो मार्गप्रशस्त गरिदिनुभएको भए राम्रो हुन्थ्यो । नभए पनि यो विश्वासको मत लिने प्रक्रियालाई धेरै नलम्ब्याऔं ।’ उनले बैठकमा बोल्दै अधिक समय संघीय सरकारको बचाउ गरे । ‘अघिल्लो सरकारले विधि र व्यवस्था मिच्नका लागि अध्यादेश ल्यायो । अहिलेको सरकारले त्यो मिचिएको संविधानलाई ट्र्याकमा ल्याउनका लागि अध्यादेश ल्याएको हो, गठबन्धन सरकारले संविधान मिच्दैन, मिच्न दिँदैन,’ उनले भने ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?