कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानिर्देशकमा पौडेल

रासस

काठमाडौँ — विगतमा शिक्षा विभागबाट चिनिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको रिक्त महानिर्देशकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई तोकिएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले बुधबार मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशकमा पौडेललाई नियुक्त गरेका हुन् । विद्यालय शिक्षा तथा अनौपचारिक शिक्षाका संघीयस्तरका कार्यक्रमको कार्यान्वयन गर्ने निकायका रूपमा महानिर्देशक रहेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ आर्याल गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो ।



प्रकाशित : कार्तिक ३, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?