कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोबाट विस्थापितलाई सरकारले आवासको प्रबन्ध गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बाढीपहिरोबाट विस्थापित परिवारहरुका लागि आवासको प्रबन्ध गरिदिने भएको छ । मन्त्रिपरिषद्‌को बुधबार बसेको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोबाट प्रभावित परिवारका लागि आवासको प्रबन्ध सरकारले गरिदिने निर्णय गरेको जानकारी दिए ।

बाढीपहिरोबाट विस्थापितलाई सरकारले आवासको प्रबन्ध गर्ने

उनका अनुसार सरकारले जग्गा खरिद र घर निर्माणका लागि छुट्टाछुट्टै रकम दिने निर्णय गरेको छ ।

‘अहिले विद्यालय र सार्वजनिक भवनहरुको प्रयोग गरेर आवासको प्रबन्ध गरिएको छ । अब पहिरोले बगाएको ठाउँमा घर बनाएर बस्न सक्ने अवस्था रहेन भने जग्गा खोजी गरेर आवास पुनर्निर्माण गरिनेछ,’ मन्त्री खाँणले भने, ‘त्यसका लागि निजी आवास पुनर्निर्माणको हिमाली क्षेत्रमा ३ लाख, पहाडमा ४ लाख र तराईमा ५ लाख रुपैयाँ दिने सरकारी मापदण्ड छ, त्यहीअनुसार हुन्छ । त्यसबाहेक जमिन खरिद गर्न ३ लाख रुपैयाँ दिने निर्णय भएको छ ।’

यदि कसैलाई जमिन उपलब्ध नभएको अवस्थामा सरकारले नै सामूहिक आवास निर्माण गरिदिने उनले बताए । अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभर ठूलो जनधनको क्षति पुगेको छ । तर, क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए थप १ लाखका दरले राहत दिने निर्णय गरेको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?