२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ । 

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् ।

एमसीसीमा केही सुधार गर्नुपर्ने पक्ष भए पनि अमेरिका तयार रहेको पनि उनले उल्लेख गरेका छन् । ‘एमसीसीमा करेक्सन गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले चैतसम्ममा लक्षित जनसंख्यालाई कोरोनाविरुद्ध खोप लगाइसकिने पनि बताएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?