कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको नेशनल डिफेन्स कोर्सका सदस्यहरु सैनिक मुख्यालयमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतको नेशनल डिफेन्स कोर्स–२०२१ का सदस्यहरुले सैनिक मुख्यालयमा मंगलबार भेटवार्ता गरेका छन् । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले भ्रमण दलका प्रमुख रिअर एड्मिरल धीरेन भिजसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । लगत्तै नेपाली सेनासम्बन्धी विषयहरुमा प्रस्तुतीकरण र अन्तरक्रिया भएको सेनाले जनाएको छ । 

भारतको नेशनल डिफेन्स कोर्सका सदस्यहरु सैनिक मुख्यालयमा 

कार्यक्रमको सुरुवातमा प्रधानसेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्ध सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । भ्रमण दलले मंगलबारै सैनिक श्रीमती संघको कार्यालयमा पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

भ्रमण दलले रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । कोर्समा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश छन् । टोली कात्तिक ६ गते फर्कने कार्यक्रम छ ।

प्रकाशित : कार्तिक २, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?