कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोरोनाबाट निधन

रासस

काठमाडौँ — विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । 

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोरोनाबाट निधन

आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए ।

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागि मात्र नभई देशैका लागि अपूरणीय क्षति भएको’ बताएका छन् । उनले लेखेका छन्, ‘पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु भन्नुहुन्थ्यो, समयले तपाईंलाई पर्खिएन । तपाईंको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।’

महर्जन गत स्थानीय तह निर्वाचनमा तत्कालीन साझा पार्टीका तर्फबाट ललितपुर महानगरको मेयर पदमा चुनाव लडेका थिए ।

प्रकाशित : कार्तिक २, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

×